Section 14
मेलमिलाप सम्बन्धी व्यवस्था
(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि
आयोगमा विचाराधीन रहेको कुनै उजूरीका सम्बन्धमा सम्बन्धित पक्षहरूले मेलमिलाप गराई
पाउन संयुक्त निवेदन दिएमा आयोगले तोकिए बमोजिम मेलमिलाप गराइदिन सक्नेछ ।
तर अन्तर्राष्ट्रिय कानून बमोजिम मानव अधिकार तथा मानवीय कानूनको गम्भीर
उल्लङ्घन मानिने विषय वा प्रचलित कानून बमोजिम मिलापत्र हुन नसक्ने विषयमा
मेलमिलाप गर्न सकिने छैन ।
(२) उपदफा (१) बमोजिम भएको मेलमिलापको पालना गर्नु सम्बन्धित पक्षहरूको
कर्तव्य हुनेछ ।
(३) कुनै उजूरीका सम्बन्धमा उपदफा (१) बमोजिम मेलमिलाप भएपछि सो
सम्बन्धी कारबाही अन्त्य भएको मानिनेछ र त्यस्तो विषयमा पुन उजूरी गर्न सकिने छैन ।
(४) मेलमिलाप सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।